काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले एकता घोषणा भएको भोलिपल्टै निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ ।
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित १० राजनीतिक दलहरु मिलेर एकता घोषणा गरि गठन गरिएको नयाँ पार्टी नेपाली कम्युनिष्ट पार्टीले आज निर्वाचन आयोगमा पुगेर दल दर्ताको निवेदन दिएको हो ।
नयाँ गठन गरिएको पार्टीको चुनाव चिन्ह पाँच कुने तारा राखिएको छ । नेपाली कम्युनिष्ट पार्टीको दल दर्ताको निवेदन प्राप्त भएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
आगामी फागुन २१ गते हुने भनि घोषणा भएको निर्वाचनको लागि भाग लिने राजनीतिक दलले यही कात्तिक ३० गतेभित्र दलदर्ताको प्रमाणपत्र लिइसक्नुपर्नेछ ।
