आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

नेपाली कम्युनिष्ट पार्टी

नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा प्रचण्ड र सह–संयोजकमा नेपाल चयन 

नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा प्रचण्ड र सह–संयोजकमा नेपाल चयन 

नेता महेन्द्र कुमार रायले संयोजकमा प्रचण्ड र सह–संयोजकमा माधव कुमार नेपाल चयन भएको घोषणा गरे ।

बुधबार, कात्तिक २० २०८२
बुधबार, कात्तिक २० २०८२
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित १० दलसहित एकता घोषणा गरिएको ‘नेपाली कम्युनिष्ट पार्टी’ को संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् । 

    आज भृकुटीमण्डपमा आयोजित एकता घोषणा सभाबाट प्रचण्ड संयोजकमा चयन भएका हुन् भने सह–संयोजकमा माधव कुमार नेपाल चयन भएका छन् । एकता सभामा नेता महेन्द्र कुमार रायले संयोजकमा प्रचण्ड र सह–संयोजकमा माधव कुमार नेपाल चयन भएको घोषणा गरे । 

    यस अघि प्रचण्ड नेकपा (माओवादी केन्द्र) को संयोजक थिए भने नेपाल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष थिए । माओवादी, एकीकृत समाजवादीसहित १० दल एकता गर्ने घोषणा भएसँगै बुधवार भृकुटीमण्डपमा एकता सभा आयोजना गरिएको हो । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार