काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित ९ दलहरुको एकतापछि बन्ने नयाँ दलको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ राखिने भएको छ ।
मंगलबार बसेको नेकपा (माओवादी केन्द्र) को बैठकमा उक्त नाम पारित भएको हो ।
नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आजको बैठकमा दलहरुको एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ प्रस्ताव गरेका थिए । संयोजक प्रचण्डको उक्त प्रस्तावलाई बैठकले स्वीकृत गरेको हो ।
यस अघि तत्कालीन ८ दलका नेताहरुले सहमति पत्रमा हस्ताक्षर गरेका थिए । तर त्यसमा एकतापछि बन्ने नयाँ दलको चुनाव चिन्ह तारा उल्लेख गरिएको थियो । भने नाम भने पछि टुंगो लगाउने बताइएको थियो ।
आठ पार्टीले एकता गर्ने निर्णय गरेको भोलिपल्ट गोपाल किराती नेतृत्वको दलले पनि सोही एकतामा आउने निर्णय गरेको थियो ।
