काठमाडौं । वेष्टइण्डिज ए ले पहिलो टी– २० श्रृंखलाको पहिलो खेलमा घरेलु टोली नेपाललाई २०५ रको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको वेष्टइण्डिज ए ले निर्धारित २० ओभरमा ५ विकेटको क्षतीमा २०४ रको योगफल तयार गरेको हो । वेष्टइण्डिजका कप्तान रोस्टन चेले सर्वाधिक ७४ रनको योगदान दिए ।
ओपनर एलिक एथानाले ४७, आन्द्रे फ्लेचरले १३ र केसी कार्टीले ३८ रन जोडे । बलिङतर्फ नेपालका कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र अभिनाश बोहराले १/१ विकेट लिए ।
