काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सबै कमिटी भंग गरेको छ ।
काठमाडौंको प्रज्ञा भवनमा भएको केन्द्रीय समितिको बैठकले सबै कमिटी भंग गरेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ ।
वर्तमान पदाधिकारीलाई आयोजक समितिको सचिवालयमा रुपान्तरण गर्ने र पार्टीभित्रका नेता–कार्यकर्ताको सम्पत्ति छानविन गर्न शक्तिशालि आयोग गठन गर्ने निर्णय गरेको छ । त्यस्तै जेन–जिलाई पार्टीका सबै कमिटीमा अधिकतम सहभागि गर्ने र युवाहरूलाई प्रथामिकता दिने निर्णय गरेको छ ।
हेर्नुहोस् माओवादी केन्द्रीय समितिका निर्णयहरुः
१. केन्द्रिय समिति प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समितिमा रूपान्तरण । पदाधिकारी नै आयोजक समितिको सचिवालयमा रूपान्तरण गर्ने । महाधिवेशन मंसिरमा गर्ने ।
२. पार्टीभित्रका नेता–कार्यकर्ताको सम्पत्ति छानविन गर्न शक्तिशालि आयोग गठन गर्ने ।
३. नेपोटिज्म हामीमाथि पनि आरोप छ, कार्यविधि बनाएर पारिवारिक सदस्यहरूका बारेमा निर्णय लिने । सॅस्कार, कार्यशैलि र चालचलन सम्बन्धि निति बनाउने ।
४. जेन–जिलाई पार्टीका सबै कमटिमा अधिकतम सहभागि गर्ने । युवाहरूलाई प्रथामिकता दिने ।
८. आईटि कामलाई उच्च प्राथामिकतामा राखेर काम गर्ने ।
९. अध्यक्ष प्रचण्डको प्रस्ताव पारित, वरिष्ठ उपाध्यक्ष र उपमहासचिवले राखेको प्रस्ताबलाई समेट्ने । महाधिवेशनसम्म छलफल गर्दै जाने ।
१०. विभिन्न बिचार मिल्ने पार्टीहरूसॅग एकता गर्ने ।
