काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई एकताबद्ध बनाउने चुनौतीलाई जिम्मेवारीपूर्वक पूरा गरेको दाबी गरेका छन् ।
पार्टी केन्द्रीय मुख्यालय पेरिसडाँडामा स्थायी कमिटिको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
उनले भने, “लोकतान्त्रीक गणतन्त्रको सुदृढीकरणका निम्ती माओवादीलाई एकताबद्ध गर्ने चुनौती थियो । त्यो जिम्मेवारीपूर्वक पूरा गर्यौ । सामूहिक प्रतिबद्धता गरेका छौं । सबैखाले गुटबन्दी समूहबद्धताको अन्त्य गर्ने संकल्प सामूहिक रुपमा गरेका छौं ।”
पार्टी फेरि एकचोटी जनतामा गएर देखा परेका विसंगतीका विरुद्ध आन्दोलन गर्ने निर्णय गरिएको पनि उनले जानकारी दिए ।
