आइतबार, असोज १८ गते २०८३    

आइतबार, असोज १८ गते २०८३    

राजनीति

नेतृत्वविरुद्धका कुप्रचारको जमेर प्रतिवाद गर्ने एमालेको संकल्प 

नेतृत्वविरुद्धका कुप्रचारको जमेर प्रतिवाद गर्ने एमालेको संकल्प 

२०८१ भित्रै सबै पार्टी सदस्यहरुलाई अनलाइनमा ल्याउनेसहितका ६ वटा संकल्प गरिएको

आइतबार, मंसिर ३० २०८१
आइतबार, मंसिर ३० २०८१
  • काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) पार्टी र नेतृत्व विरुद्ध षड्यन्त्र र कुप्रचारको प्रतिवाद गर्ने संकल्प गरेको छ । 

    आइतबार एमालेको केन्द्रीय संगठन विभागले च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरेको एक कार्यशालामा पार्टी र नेतृत्वविरुद्धका षड्यन्त्र र कुप्रचारको प्रतिवाद गर्नेसहित ६ वटा संकल्प गरेको हो ।

    आधारभुत तहसम्म कमिटी निर्माण गर्ने र सदस्यता विस्तार सँगसँगै ‘जनतासँग जन संगठन’ अभियान, २०८१ भित्रै सबै पार्टी सदस्यहरुलाई अनलाइनमा ल्याउनेसहितका ६ वटा संकल्प गरिएको एमाले संगठन विभाग सचिव माधव प्रसाद ढुंगेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । 

    त्यस्तै चैत्र सम्ममा एक राष्ट्रिय युवा महोत्सवको आयोजना गर्न पार्टी केन्द्रलाई आग्रह गर्ने र पार्टी, नेतृत्वका विरुद्ध षड्यन्त्र र कुप्रचारको जमेर प्रतिवाद गर्दै पार्टी नीति, नेतृत्व र राजनीतिक कार्यदिशालाई जनताबीच स्थापित गर्ने निर्णय भएको जनाइएको छ । 

    470190078_10237264704663884_5420912537984575229_n.jpg

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार