शनिबार, साउन ३० गते २०८३    

शनिबार, साउन ३० गते २०८३    

राजनीति

पूर्वनिर्धारित कार्यक्रम नै छोडेर एमाले नेता राजन भट्टराई उडे कम्बोडिया

पूर्वनिर्धारित कार्यक्रम नै छोडेर एमाले नेता राजन भट्टराई उडे कम्बोडिया

आकस्मिक रुपमा उनी कम्बोडिया गएपछि त्यसलाई  निकै चासोका रुपमा हेरिएको छ ।

बुधबार, मंसिर ५ २०८१
बुधबार, मंसिर ५ २०८१
  • काठमाडौं । नेकपा (एमाले) का नेता राजन भट्टराई कम्बोडिया प्रस्थान गरेका छन् ।

    एमालेनेता भट्टराईले बुधबार साँझ सामाजिक सन्जाल फेसबुकमार्फत आफु कम्बोडिया प्रस्थान गर्न लागेको जानकारी गराएका छन् ।

    उनले भोलीदेखी कम्बोडियामा सुरु हुने आइसीएपीपीको सम्मेलनमा स्थायी समितिको हैसियतले सहभागी हुन आज त्यस्तर्फ प्रस्थान गर्ने लागेको बताएका छन् ।

    नेकपा एमालेले मंसिर ७ को जागरण सभाको संयोजकका रूपमा बागमती प्रदेश कमिटीका इन्चार्ज समेत रहेका नेता भट्टराईलाई तोकेको थियो । तर, आकस्मिक रुपमा उनी कम्बोडिया गएपछि त्यसलाई  निकै चासोका रुपमा हेरिएको छ ।

    मेडिकल व्यवसायी दुर्गा प्रसाईले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको प्रमाण फेला परेको दाबीसहित सामाजिक सन्जालमा सार्वजनिक गरेका थिए ।

    ओलीको कम्बोडियामा लगानी रहेको दाबी गरेका दुर्गा प्रसाईंलाई प्रहरीले मंगलबार पक्राउ गरि अनुसन्धान अगाडी बढाएको छ । यही समयमा एमालेले मंसिर ७ गतेका लागि आयोजाना गरेको जागरण सभाका संयोजक भट्टराई नै पूर्वनिर्धारित कार्यक्रम छोडेर एक्कसी कम्बोडिया हानिएका हुन।

    केपी ओलीको विश्वास पात्रसमेत मानिने भट्टराईले मंसिर ७ गतेको कार्यक्रमको जिम्मेवारी आफ्नो अनुपस्थितमा कैलाश धुङ्गेलले सम्हाल्ने जानकारी दिएका छन् ।

    उनले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्, "क्यम्बोडियामा भोली देखि हुने ICAPP को १२ औं अधिवेशनमा स्थाई समितिको सदस्यका हैसियतले सहभागि हुनपर्ने भएकोले अहिले सॉझ त्यसतर्फ प्रस्थान गर्दैछु । मेरो मंसिर ७ कार्यक्रमको जिम्मेवारी मेरो अनुपस्थितिमा क. कैलाश ढुङ्गेलले सम्हाल्नुहुने जानकारी गराउन चाहन्छु।"

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार