आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

राजनीति

पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भयो : महामन्त्री थापा 

पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भयो : महामन्त्री थापा 

राज्यले कृषि क्षेत्रमा लगानी बढाउने गरी नीति अगाडी सार्नु पर्ने महामन्त्री थापाको भनाई

शनिबार, मंसिर १ २०८१
शनिबार, मंसिर १ २०८१
  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्नुपर्ने बताएका छन् । 

    शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले आपसी गुटबन्दीमा समय खर्च नगर्न भन्दै सबै नेता, कार्यकर्तालाई पार्टी सुदृढीकरणमा जुट्न आग्रह गरे । हरेक गाउँ टोलमा पार्टी भित्रै गुटबन्दी रहेको भन्दै उनले गुटबन्दी अन्त्य नभए कांग्रेस खुम्चिँदै जाने निश्चित रहेको बताए । 

    राज्यले कृषि क्षेत्रमा लगानी बढाउने गरी नीति अगाडी सार्नु पर्ने महामन्त्री थापाको भनाई रहेको छ । उनले बैदेशीक रोजगारीले जीविकोपार्जन मात्रै भैरहेको भन्दै कृषि क्षेत्रको विकास नभई देश विकास नहुने बताए । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार