आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

उपनिर्वाचन

कांग्रेसले कृष्णमान डंगोललाई कीर्तिपुरको मेयरको उम्मेदवार बनाउने 

कांग्रेसले कृष्णमान डंगोललाई कीर्तिपुरको मेयरको उम्मेदवार बनाउने 

गत निर्वाचनमा विजयी भएका रामकुमार नकर्मीको निधन भएपछि कीर्तिपुर नगरपालिकामा उपनिर्वाचन हुन लागेको

शनिबार, मंसिर १ २०८१
शनिबार, मंसिर १ २०८१
  • काठमाडौं । नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयरको उम्मेदवार कृष्णमान डंगोललाई बनाउने निर्णय गरेको छ । 

    शनिबार बसेको कांग्रेस बागमती प्रदेश संसदीय संसदीय समितिको बैठकले कीर्तिपुरको मेयरमा डंगोललाई बनाउने निर्णय गरेको हो । 

    मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि कीर्तिपुर नगरपालिकाको प्रमुखमा डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बाँनियाले कांग्रेस जिल्ला कार्य समितिलाई परिपत्रमार्फत जानकारी गराएका छन् । 

    कीर्तिपुरको मेयरका लागि एमालेले डा. सुरेन्द्र मानन्धर, माओवादीले प्रा.डा. शिवशरण महर्जन र राप्रपाले धुव्र महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेका छन् । रवि लामिछाने नेतृत्वले राष्ट्रिय स्वतन्त्र पार्टीले पनि स्थानीय तहमा प्रतिस्पर्धा गर्ने तयारी गरेको छ । 

    गत निर्वाचनमा विजयी भएका रामकुमार नकर्मीको निधन भएपछि कीर्तिपुर नगरपालिकामा उपनिर्वाचन हुन लागेको हो । 

    nc-kirtipur-meyor.jpg

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार