शनिबार, साउन ३० गते २०८३    

शनिबार, साउन ३० गते २०८३    

राजनीति

सरकारले राम्रो काम गरिरहेको छ : सभापति देउवा 

सरकारले राम्रो काम गरिरहेको छ : सभापति देउवा 

देउवाले विश्वको जुनसुकै देशमा पनि सरकारको आलोचना हुने हुँदा यहाँ पनि विपक्षी पार्टीहरुले सरकारको आलोचना गर्नु स्वभाविक भएको बताए

शनिबार, कात्तिक १७ २०८१
शनिबार, कात्तिक १७ २०८१
  • काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले राम्रो काम गरिरहेको बताएका छन् । 

    शनिबार कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा सभापति देउवाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एक सय दिनमा राम्रो काम गरिरहेको बताए । 

    उनले भने, “केपी शर्मा ओली नेतृत्वको संयुक्त सरकारले राम्रो काम गरिरहेको छ । हामी सरकारमा भएको कारण मात्रै भनेको होइन् । प्रधानमन्त्री ओलीले साच्चै राम्रा काम गर्नु भएको छ, आगामी दिनमा पनि यस्तै राम्रा काम गर्नुहुनेछ भन्ने विश्वास छ ।”

    प्रधानमन्त्री ओलीलाई आफूले पनि सुझाव, सल्लाह दिएर सहयोग गरिहेको जानकारी गराउँदै सभापति देउवाले विश्वको जुनसुकै देशमा पनि सरकारको आलोचना हुने हुँदा यहाँ पनि विपक्षी पार्टीहरुले सरकारको आलोचना गर्नु स्वभाविक भएको बताए । 

    सरकारलाई आइपर्ने समस्या समाधानको लागि आफ्ना तर्फबाट पूरापुर सहयोग हुने बताउँदै उनले पार्टीका तर्फबाट सरकारलाई कुनै पनि किसिमको अवरोध नहुने बताए । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार