आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

राजनीति

प्रहरीले मारवाडीलाई संरक्षण गरेको भन्दै बालेनको आक्रोश : देश चलेको त यस्तै समितिबाट पो रहेछ 

प्रहरीले मारवाडीलाई संरक्षण गरेको भन्दै बालेनको आक्रोश : देश चलेको त यस्तै समितिबाट पो रहेछ 

नेपाल प्रहरीले पनि मारवाडी सेवा समितिलाई नै संरक्षण गरेको मेयर शाहको आरोप

बुधबार, असोज २३ २०८१
बुधबार, असोज २३ २०८१
  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गौशालास्थित धर्मशाला महानगरले संरक्षण गर्न खोज्दा नेपाल प्रहरीले हस्तक्षेप गरेको भन्दै आक्रोश पोखेका छन् । 

    नियम अनुसार सम्झौता गरेर पशुपति विकास कोषले गौशालाको संरक्षण गर्न महानगरलाई जिम्मेवारी दिए पनि नेपाल प्रहरीले भने मारवाडी सेवा समितिलाई नै संरक्षण गरेको भन्दै मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत आक्रोश व्यक्त गरेका हुन् । 

    मंगलबार काठमाडौं महागनर र पशुपति विकास कोषबीच ७ बुँदे सहमति भएसँगै धर्मशाला व्यवस्थापनको जिम्मेवारी महानगरले पाएको छ । धर्मशाला व्यवस्थापनको जिम्मेवारी पाएसँगै महानगरले मंगलबार गौशालास्थित धर्मशालामा माइकिङ गरेर आज बिहान १० बजेभित्र खाली गर्न माइकिङ गरेको थियो । 

    आज दिउँसो महानगरको टोली धर्मशालास्थल पुगेको थियो । महानगरको टोली त्यहाँ पुग्दा मारवाडी विकास समितिले विरोध गरेको थियो । सो समयमा नेपाल प्रहरीले पनि मारवाडी सेवा समितिलाई नै संरक्षण गरेको मेयर शाहको आरोप छ । 

    उनले सामाजिक सञ्जालमा लेखेका छन्, “नाजायज सम्बन्धबाट  सम्झौता गरि गौशाला धर्मशालाको नाममा मारवाडी सेवा समितीले ९ रोपनी ९ आना २ पैसा जग्गा वर्षौं देखि केही हजार रुपैया तिरेर हड्पेको जग्गा अदालतले दाबी पुग्दैन भनेर पसुपती विकास कोषलाइनै जिम्मा दिन्छ, अनि कोषले  महानगरलार्इ धर्मशाला तथा असक्तहरुलाइ निःशुल्क खाना र औषधी उपचार गर्न  भनेर दिएको कुरा अहिलेलाइ संरचना महानगरले संरक्षण गर्न खोज्दा नेपाल प्रहरीले महानगरलाई हस्तक्षेप गरेर त्यो समितिको संरक्षण गर्छ भने बुझे हुन्छ देश चलेको त यस्तै समितिबाट पो रहेछ । अनि हामी चाहिँ प्रहरी  र सरकारले देश चलाएको भन्दै भ्रममा रहेछौ ।”

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार