काठमाडौं । धौलागिरी हिमाल आरोणमा गएका पाँच जना रुसी पर्वतारोहीको मृत्यु भएको छ । धौलागिरी हिमाल आरोहण गर्ने क्रममा आइतबार साँझ करिब ८ हजार मिटर उचाईबाट सम्पर्कविहिन भएका उनीहरुको शव आज फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार दुई दिन देखि बेपत्ता भएका रसियन आरोहीहरु अलेक्जेन्डर डिसीको, ओलेक क्रुग्लोभ, सिस्टकोभ भ्लादिमिर, नोसेन्खो मिखाइल र एसएचपिलेभोज द्धिमित्रीको शव मंगलबार हिमाली उद्धारकर्ताले फेला पारेका हुन् ।
शव फेला परेसँगै हेलिकप्टरमार्फत उनीहरुको शव काठमाडौं ल्याउने तयारी भएको जनाइएको छ ।
