काठमाडौं । मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपचुनावमा भाग लिन २५ वटा राजनीतिक दलहरु निर्वाचन आयोगमा दर्ता भएका छन् ।
२०७९ को स्थानीय तह निर्वाचनमा सहभागी नभएको रवि लामिछाने नेतृत्वको रास्वपाले उपचुनावमा सहभागी हुन दल दर्ता गराएको छ।
दल दर्ता सूचीअनुसार पहिलो नम्बरमा नेपाल मजदुर किसान पार्टी छ भने अन्तिममा नेपाली जनता दल रहेको छ ।
