सोमबार, भदौ १ गते २०८३    

सोमबार, भदौ १ गते २०८३    

राजनीति

एमाले सांसद योगेश भट्टराईले बोलेको शब्दमाथि छानबिन गर्न सभामुखको रुलिङ 

एमाले सांसद योगेश भट्टराईले बोलेको शब्दमाथि छानबिन गर्न सभामुखको रुलिङ 

एमाले सांसदले संसदमा ‘हिंसा’ शब्दको प्रयोग गरेपछि माओवादी सांसद पाण्डेसहित, सुबोध सापकोटा लगायतले विरोध जनाएका थिए । 

बुधबार, भदौ १२ २०८१
बुधबार, भदौ १२ २०८१
  • काठमाडौं । सभामुख देवराज घिमिरेले नेकपा (एमाले) का सांसद योगेश भट्टराईले आज संसदमा सम्बोधनका क्रममा बोलेको शब्दमाथि छानबिन गर्न रुलिङ गरेका छन् । 

    एमालेका सचिव समेत रहेका सांसद योगेश भट्टराईले संसदमा बोल्ने क्रममा माओवादीले सञ्चालन गरेको १० वर्षे ‘हिंसा’ का कारण मुलुकमा समयमा विद्युत उत्पादन भएको आरोप लगाएका थिए । 

    सांसद भट्टलाईले संसदमा ‘हिंसा’ शब्द प्रयोग गरेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाएका थिए । माओवादी सांसदहरुले सम्बोधन गरिरहेको समयमा पनि सांसद भट्टराईले उक्त शब्द बोलिरहेका थिए । 

    भट्टराईको शब्दमाथि नियमावत्ति जनाउँदै माओवादी सचेतक पाण्डेले भने, “नियमको उल्लंघन भैरहेको छ, यो संसदको नियमावलीको २६ मा नियमापत्तिको विषय छ । यहाँ नत दिइएको समयको पालना गरिएको छ नत संवैधानिक र नियमावलीमा भाषाको पालन गरिएको छ । यहाँ प्रयोग भएको भाषा संविधान, नियमावली अनुसार प्रयोग भैरहेको छैन् । त्यसकारण ‘हिंसा’ शब्दलाई रेकर्डबाट हटाउन माग गर्दछु ।”

    माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेको नियमापत्ति पछि सभामुख देवाराज घिमिरेले सांसद भट्टराईले बोलेको शब्दमाथि छानबिन गर्नको लागि संसद सचिवालयलाई रुलिङ गरे । पाण्डेले नियमापत्ति जनाएको समयमा पनि एमाले सांसद भट्टराई र रघुजी पन्तले पटक–पटक उक्त शब्द दोहो¥याएका थिए । 

    एमाले सांसदले संसदमा ‘हिंसा’ शब्दको प्रयोग गरेपछि माओवादी सांसद पाण्डेसहित, सुबोध सापकोटा लगायतले विरोध जनाएका थिए । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार