काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुकुल ढकाललाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले बुधवार ढकाललाई पार्टीको साधारण सदस्यबाट किन निस्कासन नगर्ने ? भनेर २४ घण्टे स्पष्टीकरण सोधेका छन् । यस अघि साउन २५ गते रास्वपाले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट पदमुक्त गरेको थियो ।
उक्त समयमा रास्वपाले ढकालालाई पार्टीको निर्णय चित्त नबुझे ३५ दिन भित्र पुनरावेदन गर्न समय दिएको थियो । ढकालले भने पुनरावेदन नदिएर रास्वपाका नेताहरुविरुद्ध निरन्तर अभिव्यक्ति दिँदै आएका छन् । ्
नेताहरुको छवि, प्रतिष्ठा र इमान धमिल्याउन खोजेको, शुभचिन्तकहरुलाई भड्काउन र पार्टीभित्र भ्रम सिर्जना गर्न खोजेको भन्दै ढकाललाई रास्वपाले २४ घण्टे स्पष्टीकरण सोधिएको हो ।
