काठमाडौं । नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ ।
बैठक आज बिहान ११ बजे सिंहदरबार अगाडीको होटल बसेरामा बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनले हिजो भएको वर्षाका कारण पार्टी कार्यालय च्यासलमा पानी भरिएकाले बैठक स्थल परिवर्तन गरिएको बताए ।
प्रचार विभाग प्रमुख गौतमका अनुसार आजको बैठकमा कार्यविभाजन र समसामयिक विषयमा छलफल हुनेछ ।
