सोमबार, भदौ १ गते २०८३    

सोमबार, भदौ १ गते २०८३    

विश्वासको मत 

बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत 

बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत 

केन्द्रमा नेपाली कांग्रेस र एमालेको गठबन्धन बनेसँगै लामा साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

मंगलबार, साउन १५ २०८१
मंगलबार, साउन १५ २०८१
  • काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले विश्वासको मत पाएका छन् । 

    आज बसेको बागमती प्रदेशसभाबाट मुख्यमन्त्री लामाले विश्वासको मत प्राप्त गरेका हुन् । ११० जना प्रदेशसभा सदस्यमध्ये लामाले ६४ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका हुन् । लामालाई नेपाली कांग्रेस र नेकपा (एमाले) का सांसदहरुले मत दिए । 

    प्रदेशसभा बैठकमा उपस्थित १०३ सदस्य मध्ये उनको विपक्षमा ३५ मत परेको थियो भने ३ जना सांसद तटस्थ बसेका थिए । केन्द्रमा नेपाली कांग्रेस र एमालेको गठबन्धन बनेसँगै लामा साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार