काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले वर्तमान सरकारको परीक्षण गिरिबन्धु र नक्कली भुटानी शरणार्थी प्रकरणमा हुने बताएका छन् ।
दक्षिण अफ्रिकामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले कानुन भन्दा माथि कोही पनि नहुने भन्दै गिरिबन्धु र नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबीन हुने बताए ।
उनले भने, “हामीहरुकोमा कोही सत्तामा भएको कारणले शक्तिशाली भएको हुन्छ त कोही पार्टीको नेता भएको कारणले कोही भीडको कारणले शक्तिशाली हुन्छ । हामीले अहिले उठाउनु पर्ने विषय भुटानी शरणार्थी र गिरिबन्धुको कुरा मात्रै होइन । हामी संसद्मा छौं, ढुक्क रहनुस् । जस्तो जुकै व्यक्तिको विषयमा पनि छानबनि हुनुपर्छ । यदि शक्तिमा बसेको व्यक्तिले छुट पाउँछ भने त्यो लोकतन्त्र नै हौइन् ।”
कांग्रेस, एमाले, प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री जोसुकै सँग जोडिएको प्रकरण भए पनि छानबीन हुनुपर्ने महामन्त्री थापाको भनाई रहेको छ ।
