शनिबार, साउन ३० गते २०८३    

शनिबार, साउन ३० गते २०८३    

राजनीति

लुम्बिनीमा उपनेता आचार्यलाई मुखयमन्त्रीको चिट्ठा !

लुम्बिनीमा उपनेता आचार्यलाई मुखयमन्त्रीको चिट्ठा !

आज बिहान मात्रै अध्यक्ष ओलीले एमालेबाट लुम्बिनीको मुख्यमन्त्री उपनेता आचार्यलाई बनाउन निर्देशन दिएको एमाले लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिए । 

सोमबार, साउन ७ २०८१
सोमबार, साउन ७ २०८१
  • दाङ । लुम्बिनी प्रदेशमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य मुख्यमन्त्री बन्ने निश्चित भएको छ । 

    केन्द्रमा सत्ता गठबन्धनमा आएको फेरबदलसँगै माओवादीबाट लुम्बिनीको मुख्यमन्त्री बनेका जोखबहादुर महराले राजीनामा दिएसँगै एमाले संसदीय दलका नेता लीला गिरीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् । 

    नेपाली कांग्रेस र एमालेबीचमा पनि पहिला गिरीलाई नै मुख्यमन्त्री बनाउने विषयमा सहमति भएको जनाइएको थियो । तर नेकपा (एमाले) केन्द्रले गिरीको नाम काटेर संसदीय दलका उपनेता आचार्यलाई मुख्यमन्त्री बनाउन निर्देशन दिएको हो । 

    आज बिहान मात्रै अध्यक्ष ओलीले एमालेबाट लुम्बिनीको मुख्यमन्त्री उपनेता आचार्यलाई बनाउन निर्देशन दिएको एमाले लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिए । 

    केन्द्रको निर्देशनपछि गिरी ब्याग हट्नु परेको छ । एमाले केन्द्रले संसदीय दलको नेतामा गिरी नै रहने र मुख्यमन्त्री उपनेता आचार्य हुने निर्देशन दिएको छ । गिरी एमाले उपाध्यक्ष विष्णु पौडेल निकट मान्न्छिन् भने आचार्य एमाले महासचिव शंकर पोखरल निकट मानिन्छन् । लुम्बिनीमा पौडेल र पोखरेलबीच शक्तिको लडाँई हुँदे आएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार