आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

राजनीति

ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर एमाले–कांग्रेस शितल निवास जाँदै 

ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर एमाले–कांग्रेस शितल निवास जाँदै 

उनले भने, “हामीले पहिलो चरणमा ओली जीलाई समर्थन गर्ने भनेका छौं । त्यसमा हामी प्रतिबद्ध छौं । त्यही अनुसार हाम्रो राष्ट्रपति कहाँ प्रस्ताव जान्छ ।”

शुक्रबार, असार २९ २०८१
शुक्रबार, असार २९ २०८१
  • काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्तावसहित एमाले र कांग्रेसका शिर्ष नेताहरु राष्ट्रपति भवन शितल निवास जाने तयारी गरेका छन् । 

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभामा विश्वासको मत नपाएर पदमुक्त भएसँगै एमाले र कांग्रेसका शिर्ष नेताहरु सांसदको हस्ताक्षरसहित ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर शितल निवास जान लागेका हुन् । 

    नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर आफूहरु राष्ट्रपति समक्ष जाने जानकारी दिए । प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएसँगै संसद भवन बाहीर सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता महतले यस्तो बताएका हुन् । 

    उनले भने, “हामीले पहिलो चरणमा ओली जीलाई समर्थन गर्ने भनेका छौं । त्यसमा हामी प्रतिबद्ध छौं । त्यही अनुसार हाम्रो राष्ट्रपति कहाँ प्रस्ताव जान्छ ।”

    ओलीलाई संविधानको धारा ७६ को २ अनुसार प्रधानमन्त्री बन्न समस्या नहुने उनको भनाई छ । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार