काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट पदमुक्त भएका मुकुल ढकालले रवि लामिछानेको क्लवबाट निष्कासित भएको प्रतिक्रिया दिएका छन् ।
रास्वपाले उनलाई औपचारिक रुपमा कारबाही गरेको जानकारी सार्वजनिक भएपछि मुकुलले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीमा घण्टी बज्न नरोकिने बताएका छन् ।
उनले लेखेका छन्, “रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न रोकिँदैन , रविको पार्टीबाट राष्ट्रीय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि ....”
