काठमाडौं । नेकपा (एमाले) संसदीय दलको बैठक जारी रहेको छ ।
केही बेर अघि संघीय संसद् भवनस्थित ल्होत्से हलमा सुरु भएको बैठकमा कांग्रेसँगको सत्ता सहकार्य सम्बन्धी सहमतिलाई अनुमोदन गर्ने जनाइएको छ । बैठकमा एमाले अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले कांग्रेससँग सत्ता सहकार्य गर्नुको कारणबारे सांसदहरुलाई जानकारी गराई रहेका छन् ।
अध्यक्ष ओलीले असार २८ गते प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न पनि सांसदहरुलाई निर्देशन दिएका छन् ।
