आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

राजनीति

सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय 

सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय 

यो सँगै एमालेका मन्त्रीहरुले सामूहिक राजीनामा दिने तयारी गरेको बुझीएको छ । हाल एमाले मन्त्रीहरु अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । 

बुधबार, असार २० २०८१
बुधबार, असार २० २०८१
  • काठमाडौं । सत्ता गठबन्धन दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । 

    एमालेका प्रमुख सचेतक महेश बर्ताैलाले पार्टीको निर्णय अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी दिए । उनका अनुसार केही बेरमै औपचारिक रुपमा समर्थन फिर्ताको पत्र प्रधानमन्त्रीलाई बुझाउने तयारी छ । 

    कांग्रेस र एमालेले मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति गरेपछि एमालेले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो । प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएर विश्वासको मत लिने तयारी गरेपछि एमालेले आज सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । 

    यो सँगै एमालेका मन्त्रीहरुले सामूहिक राजीनामा दिने तयारी गरेको बुझीएको छ । हाल एमाले मन्त्रीहरु अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार