आइतबार, असोज ४ गते २०८३    

आइतबार, असोज ४ गते २०८३    

मधेश प्रदेश

मधेश प्रदेशको योजना आयोगको उपाध्यक्षमा सोहन साह नियुक्त 

मधेश प्रदेशको योजना आयोगको उपाध्यक्षमा सोहन साह नियुक्त 

मुख्यमन्त्री शतिस सिंहले बिहिवार साहलाई प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन् ।

बिहीबार , असार ७ २०८१
बिहीबार , असार ७ २०८१
  • जनकपुरधाम । मधेश प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. सोहन साह नियुक्त भएका छन् । 

    मुख्यमन्त्री शतिस सिंहले बिहिवार साहलाई प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन् । यस अघि जसपा नेतृत्वको सरकारमा जनमत पार्टी सहभागी हुँदा डा. साह जनमतको कोटाबाट मधेश प्रदेश योजना आयोगको सदस्य थिए । 

    जनमत सरकारबाट बाहिरिएपछि तत्कालीन सरकारले साहलाई बर्खास्त गरेको थियो । हाल मधेश प्रदेश सरकार परिवर्तन भएर जनमतका सिंह मुख्यमन्त्री भएसँगै साह नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका हुन् । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार