आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

उपनिर्वाचन

उपनिर्वाचनको लागि इलाम– २ मा तोकियो मुख्य निर्वाचन अधिकृत 

उपनिर्वाचनको लागि इलाम– २ मा तोकियो मुख्य निर्वाचन अधिकृत 

निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो ।

बागीपाेस्ट संवाददाता
बुधबार, चैत २१ २०८०

काठमाडौं । आगामी वैशाख १५ गते हुने इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनको लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ । 

निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार यही चैत्र २२ गते इलाम सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेसँगै अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ । उपनिर्वाचन कार्यतालिका अनुसार चैत्र २४ गते मनोनयन दर्ता हुनेछ । उपनिर्वाचनमा भाग लिनको लागि आयोगमा २० वटा दल दर्ता भएका छन् । 

इलाम– २ मा ७९ मतदानस्थल र १ सय ४९ मतदान केन्द्र रहनेछन् । यी केन्द्रमा ८ सय ९४ जना कर्मचारी परिचालन हुनेछन् । चैत्र २७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह्र प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
images
images
सम्बन्धित समाचार