शनिबार, साउन ३० गते २०८३    

शनिबार, साउन ३० गते २०८३    

राजनीति

सरकारले सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्यायो : एमाले अध्यक्ष ओली 

सरकारले सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्यायो : एमाले अध्यक्ष ओली 

बजेट समाजवाद उन्मुख हुनुपर्नेमा अन्यौलग्रस्त देखिएको भन्दै बजेट निर्माण प्रक्रियामै सरकारले कमीकमजोरी गरेको ओलीको आरोप

शनिबार, जेठ १९ २०८१
शनिबार, जेठ १९ २०८१
  • काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले सत्तारुढ दलहरुसँग परामर्श नै नगरेर बजेट ल्याएको बताएका छन् । 

    शनिवार संसद् भवनको ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले सत्तारुढ दलहरुसँग परामर्श नै नगरेर आगामी आर्थिक बर्षको बजेट ल्याएको भन्दै असन्तुष्टि जनाएका हुन् । 

    उनले सरकारले नेकपा (माओवादी केन्द्र) प्रति ढल्किएको बजेट ल्याएको भन्दे अर्थमन्त्री वर्षमान पुनको आलोचना गरे । बजेट समाजवाद उन्मुख हुनुपर्नेमा अन्यौलग्रस्त देखिएको भन्दै बजेट निर्माण प्रक्रियामै सरकारले कमीकमजोरी गरेको ओलीले आरोप लगाए । 

    उनले भने, “बजेट एकदमै सामान्य हिसाबले भन्ने हो भने दफावार हिसाबले नजाँदा पनि यो बजेट परामर्श गरेर, सरकारमा सहभागी दलहरुसँग परामर्श गरेर, छलफल गरेर बजेट आएको भए धेरै राम्रो बजेट आउन सक्थ्यो । छलफल नहुँदा यो बजेट अर्थमन्त्रीको हो की ? अर्थमन्त्रीको पार्टीको हो की ? जस्तो अली बढ्ता देखिन गएको छ । बजेटमा रहेको कुनै पनि कमजोरी औल्याउन हुँदैन भन्ने होइन् । बजेटमा रहेको कमी माननीय ज्यूहरुले आफ्नो जिल्लामा र प्रदेशमा हिजोको र आजको के कमीकमजोरी छ । के हुनुपथ्यो के अझै घट्यो यस्ता कुराहरुमा छलफलका क्रममा प्रश्न उठाउन सक्नुहुन्छ ।”

    समाजवाद निर्माणका आधारहरु तय गर्ने, समाजवाद उन्मुख बजेट, नीति तथा कार्यक्रम र योजनाहरुलाई स्पष्ट ढंगले समाउनु पर्नेमा बजेट अली समस्याग्रस्त देखिएको अध्यक्ष ओलीले बताए । 

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार