काठमाडौ । उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री रबि लामिछाने र धरान उपमहानगरपालीका मेयर हर्क साम्पाङवीच गृहमन्त्रालयमा भेटवार्ता भएको छ ।
मेयर साम्पङले सिंहदरबार स्थित रहेको गृहमन्त्रालय पुगेर गृहमन्त्री लामिछानेसँग भेटवार्ता गरेका छन् ।
सो भेटघाटका क्रममा गृहमन्त्री लामिछाने र मेयर साम्पङबिच देशबा बढिरहेको लागू औषध दुर्व्यसनको अवस्था र त्यसको नियन्त्रणका बारेमा छलफल भएको छ ।
मन्त्री लामिछानेले देशैभर लागू औषध दूर्व्यसन बढेको र यो धरानमा चरम भएको भन्दै उनले छलफलको क्रममा भने, ‘यसमा विशेष अभियान नै चलाएर संयुक्त रूपमा सबै तहका सरकारहरू बसेर संयुक्त प्रयास गर्न पर्छ।’
गृहमन्त्री लामिछानेले लागू औषध नियन्त्रण गर्नला लागि सहयोग गर्न मेयर साम्पाङ संग अपिल समेत गरे । भेटका क्रममा मेयर साम्पाङले आफुले आएदेखी नै काँधमा माईक बोकेर हिडिरहेको भन्दै लागू औषध दुर्व्यसन बिरुद्ध पनि अभियान चलाइरहेको बताए । साम्पङले प्रत्यक शुक्रबार सुधारबारका रूपमा मनाउँदै आएको भदै त्यो दिन लागू औषध बिरुद्ध चोक चोकमा सचेतना भेला राख्दै आएको बताए । मेयर साम्पाङले लागू औषध दुर्व्यसनीले विभिन्न औषधी मिश्रण गरि प्रयोग गर्ने र त्यसलाई फर्मुला भन्ने गरेको पनि बताए ।
साम्पाङले आफू लागू औषध मुक्त समाज निर्माण गर्नका लागि माईक बोकेर हिडेको ९६ हप्ता पुगिसकेको गृहमन्त्री सँग बताएका छन् । त्यसैगरी प्रमुख साम्पाङले धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त स्रोत-साधनको माग गरेका थिए।
धरान उपमहानगरका मेयर सम्पाङले राखेका मागप्रती आफू गम्भीर भएको भन्दै गृहमन्त्री लामिचानेले सम्बोधनको प्रक्रिया सुरु गर्न कर्मचारीलाई निर्देशन समेत दिएका छन् ।
