शनिबार, साउन ३० गते २०८३    

शनिबार, साउन ३० गते २०८३    

राजनीति

राजनीतिक अस्थिरताले विकास निर्माणको काम हुन सकेन : अध्यक्ष ओली 

राजनीतिक अस्थिरताले विकास निर्माणको काम हुन सकेन : अध्यक्ष ओली 

आगामी आर्थिक वर्षमा भौतिक पूर्वाधारको लागि आवश्यक नीति तथा कार्यक्रमको तर्जुमा गरिने

शनिबार, वैशाख २९ २०८१
शनिबार, वैशाख २९ २०८१
  • काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरताका कारण विकास निर्माणका कामहरु हुन नसकेको बताएका छन् । 

    एमालेको भौतिक पूर्वाधार तथा यातायात केन्द्रीय विभागले शनिबार आयोजना गरेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था सम्बन्धी राष्ट्रिय गोष्ठीमा बोल्दै अध्यक्ष ओलीले राजनीतिक अस्थिरताले विकास नर्माणमा व्यवधान खडा गरेको बताए । 

    उनले भने, “विकासका कुरा कतिले बुझ्दैनन । कतिले रोकिदिन्छन्, त कतिले भत्काई दिन्छन् । यो जरुरी छैन् भन्ठान्दछन् । यस्ता कुराले विकासमा व्यवधान खडा गरेको छ । तर, पनि हामीले काम गरिरहेका छौं । अहिले नयाँ नयाँ खालका अभ्यास भैरहेको छ ।”

    अध्यक्ष ओलीले पूर्वाधारको प्रयोग गरेर उद्यमशिलताको विकास गरी त्यसबाट रोजगारीका अवसरहरु सिर्जना गर्नुपर्ने बताए । उनले आगामी आर्थिक वर्षमा भौतिक पूर्वाधारको लागि आवश्यक नीति तथा कार्यक्रमको तर्जुमा गरिने बताए । 

    हरेक पालिकाका सदरमुकामलाई कालोपत्रे सडकले जोड्ने अभियान सञ्चालन गरिने भन्दै अध्यक्ष ओलीले नेपाल जस्तो दुर्गम देशमा उत्पादनले बजार पाउँदैनन् भन्ने ठूलो गुनासो रहेकाले केही ठाउँमा भने त्यस्तो गुनासो नरहेको बताए । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार