बुधबार, भदौ ३ गते २०८३    

बुधबार, भदौ ३ गते २०८३    

प्रतिनिधि सभा

प्रधानमन्त्री बालेन्द्रलाई सांसादका प्रश्ननको जवाफ दिन सभामुखको निर्देशन

प्रधानमन्त्री बालेन्द्रलाई सांसादका प्रश्ननको जवाफ दिन सभामुखको निर्देशन

प्रधानमन्त्री शाहले भदौ १० गते संसदमा सांसदले सोधेका प्रश्नको जवाफ दिने भएका छन् ।

सोमबार, भदौ १ २०८३
सोमबार, भदौ १ २०८३
  • सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा उपस्थित भएर सांसदले गरेका प्रश्नको जवाफ दिन रुलिङ गरेका छन् ।

    मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा विपक्षी सांसदहरुले उठेर विरोध जनाएपछी सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई यस्तो निर्देशन दिएका हुन् ।

    "प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ५६ बमोजिम प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा महत्त्वपूर्ण विषयमा प्रश्न उत्तर माग गरिरहनु भएको विषयप्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यसै सन्दर्भमा प्रतिनिधि सभा बैठकमा उपस्थित भइ नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरूको प्रश्नहरूको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु," सभामुख अर्यालले भने ।

    प्रधानमन्त्री बालेन्द्र शाहले यस अघि संसदमा उपस्तिथि भएर नेपालले पनि भारतको भू-भाग मिचेको भनेर अभिव्यक्ति दिएपछि चौतर्फी आलोचना हुनुको साथै प्रतिपक्षी दलका सांसदहरुले प्रधानमन्त्रीले यस बारे जवाफ दिनुपर्ने र माफी माग्नुपर्ने भन्दै संसद बैठकको सुरुवातमै विरोध जनाउँदै आएका थिए ।

    सभामुखले आज रुलिङ गरेसँगै प्रधानमन्त्री शाहले भदौ १० गते संसदमा सांसदले सोधेका प्रश्नको जवाफ दिने भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार