काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचन २०८१ को मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र रामचन्द्र पौडेललाई बुझाएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासहितको टोलीले आज बिहान शितल निवासमा पुगेर रामचन्द्र पौडेल समक्ष प्रतिवेदन बुझाएको हो ।
राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम “प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य उपनिर्वाचन, २०८१ निर्वाचन परिणाम सहितको प्रतिवेदन” पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
बैशाख १५ गते भएको उपनिर्वाचनमा इलाम– २ मा एमालेका सुहाङ नेम्वाङ र बझाङमा पनि एमालेकै दमन भण्डारी निर्वाचित भएका छन् ।
