काठमाडौं । नेकपा (एमाले) ले प्रतिनिधि सभा पुनर्स्थापनका लागि देशभर जनपरिचालन गर्ने भएको छ ।
शनिबार बसेको एमाले सचिवालय बैठकले देश भरका सबै वडाहरुमा आगामी कात्तिक २२ गते जनभेला गर्ने भएको छ । सबै पालिकामा कात्तिक २५ र सबै जिल्लाहरुमा कात्तिक २९ गते जन सभा गर्ने निर्णय गरेको हो ।
त्यस्तै एमालेले मंसिर ६ गते काठमाडौंमा जनसभा गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । सचिवालय बैठकले विधान महाधिवेशनबाट पारित दस्तावेजहरुलाई अन्तिम रुप दिएर सार्वजनिक गर्ने निर्णय गरेको छ ।
बैठकले ४ वटा समसामयिक प्रस्तावहरु पनि पारित गरेको उपमहासचिव ज्ञवालीले बताए ।
